राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि ल्याइनुअघि रास्वपा नेताहरूले गेटमै धर्ना दिएका छन् ।
उपसभापति स्वर्णिम वाग्ले अदालतभित्र छिर्दा नेताहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,डा.चन्दा कार्की, निशा डाँगी लगायत गेटमै धर्ना दिएर बसेका छन् ।

धर्नाका कारण पैदयात्रु छिर्ने गेटमा आवतजावत नै प्रभावित भएको छ । सहकारी ठगीको अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा पेश गरिँदै छ ।
सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।
गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छविलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लीन चिट’ पाएको दाबी गर्दै आएका थिए ।






