जनमत पार्टी सप्तरी निर्वाचन क्ष्रेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य शम्भु कुमार साह मधेस प्रदेशको उधोग बाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार साहसहित पाँच जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले मंगलबारै थपिएका पाँच राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मधेश भवनमा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारी र मन्त्रीहरुको उपस्थितिमा राज्यमन्त्रीहरुलाई शपथग्रहण गराएका हुन् ।

जनमत पार्टीका साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री, एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामवावु यादवले शिक्षा तथा संस्कृति राज्यमन्त्रीको शपथ लिएका हुन् ।

यसैगरी कांग्रेसको तर्फबाट निलम कुमारी रजक उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री र रेखा ठाकुरले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको शपथ लिइन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय मात्र रहेको मधेशमा मन्त्रीको संख्या २० पुगेको छ ।

  1. सप्तरीमा साह र रजक मन्त्रीमा नियुक्ति भएसंगै मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ८ पुगेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर