कञ्चनरुप,जेठ । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता असार १ गते देखि शुरु हुने भएको छ । सप्तकोशी नगर खेलकुद बिकास समितिको आयोजना तथा न्यू त्रियुगा स्पोर्ट्स कल्ब फत्तेपुरको सह-आयोजनामा जिल्लाकै ठूलो राशी पुरस्कार भएको फुटबल प्रतियोगिता हुने भएको हो ।
फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा संचालित प्रतियोगितामा ८ वटा टिमहरुले सहभागिता जनाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खड्काले बताए ।
असार १ गते देखि ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,एल.एक्स. सिटी फुटबल क्लब मोरङ ,न्यू स्टार फुटबल क्लब सुनसरी ,धरान स्पोर्टिङ क्लब सुनसरी, बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरी ८ वटा टिमहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता तथा उप विजेता टिमलाई क्रमशः नगद २ लाख र १ लाखसहित शिल्ड, कप ट्रफी, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष खड्काले जानकारी दिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर