भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त भएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रचण्ड आइतबार भारत गएका थिए । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डका साथमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, उनकी सुपुत्री गंगा दाहाललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर