चैत्र ३, पोखरा। प्रधानमन्त्री एवं शहीद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले शहीदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित शहीद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा सरकारले ध्यान दिने बताउनुभयो।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर