काठमाडौं, ६ असोज । ठेक्कापट्टामा व्यापक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाबाट पालुङ माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणका क्रममा आर्थिक वर्ष २०७८/७९ को बजेट दुरुपयोग भएको अख्तियारको दाबी छ। कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई छनोट नगरी बढी रकम कबोल गर्ने ‘छल निर्माण सेवा’लाई गैरकानूनी रूपमा ठेक्का दिएर राज्यकोषमा आर्थिक हानि नोक्सानी पुर्‍याइएको आरोप छ।

मुद्दा दायर गरिएका अन्य अधिकारीहरूमा तत्कालीन प्रशासकीय अधिकृत हीराचन्द्र धराला, इन्जिनियर कर्णबहादुर कार्की, वरिष्ठ लेखासहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर हरिश्चन्द्र विष्ट, बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ तथा छल निर्माण प्रालिका सञ्चालक दीपचन्द्र रोकाया रहेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर