राजविराज — सप्तरीको महादेवा गाउँपालिकाअन्तर्गत पकरी–बनौली सडकखण्डमा पर्ने हुलाकी राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
राजमार्गमा रहेको मिलन चोकबाट करिब पाँच सय मिटर पश्चिम कल्भर्ट नजिक दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएका थिए। स्थानीयका अनुसार राति करिब ८ बजेतिर उक्त दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको पहिचान अझै हुन सकेको छैन। इलाका प्रहरी कार्यालयले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको भए पनि मृतकहरूको आधिकारिक नाम र विवरण भने सार्वजनिक भइसकेको छैन।






