एसपी यादव/सर्लाही, साउन १८ गते । सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै भारतीय नम्बर प्लेटको कारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, सोमबार बिहान करिब ५स्३० बजे लालबन्दी नगरपालिका१ स्थित पूर्व(पश्चिम राजमार्गमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि भारतको बिआर ०९ एम ३७६६ नम्बरको कारलाई शंकाको आधारमा रोकी जाँच गरिएको थियो । जाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ गरी राखिएको २३ वटा पोकाभित्र प्लास्टिकसहित करिब १०९ किलोग्राम लागुऔषध गाँजा फेला परेको थियो । घटनामा भारतको बिहार राज्य, सितामढी जिल्लाका २६ वर्षीय दिपक कुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको छ । उनीहरू सवार कारसमेत प्रहरीले नियन्त्रणमा लिएको डीएसपी गौतमले जानकारी दिए ।

बरामद गाँजा, कार तथा पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

सर्लाही प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै जिल्लाभर निगरानी तथा सवारी साधनको चेकजाँचलाई थप कडाइ गरेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर