एसपी यादव/सर्लाही, साउन ११ गते । सर्लाही प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा र एउटा पिकअप नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय बुझाइएको छ ।

निमित्त जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार, सोमबार बिहान करिब ८:३० बजे बलरा नगरपालिका-३ लक्ष्मीपुरमा अवैध मदिरा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले छापाका क्रममा स्थानीय ज्ञानेन्द्र झाको भुसको गोठमा लुकाएर राखिएको प्रदेश २-०३-००१ ख ५१३५ नम्बरको पिकअपबाट मदिरा अनलोड गरिरहेको अवस्थामा फेला पारी मदिरा, पिकअप र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनकौल गाउँपालिका-१ निवासी ३१ वर्षीय राजकुमार महतो (पिकअप चालक) र बलरा नगरपालिका-३ लक्ष्मीपुर निवासी ३७ वर्षीय ज्ञानेन्द्र झा (मदिराका मालिक) रहेका छन् ।

प्रहरीले करिस्मा सौफी रक्सी २५० कार्टुन, गौरव सौफी रक्सी ४७ कार्टुन, ब्ल्याक एसी ४ कार्टुन १३ बोतल, बियर ४ कार्टुन र मैरिगोल्ड १ कार्टुन बरामद गरेको जनाएको छ ।

बरामद मदिराको अनुमानित मूल्य २ लाख १५ हजार ७५० रुपैयाँ र पिकअपको अनुमानित मूल्य १० लाख रुपैयाँ गरी जम्मा १२ लाख १५ हजार ७५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ ।

बरामद मदिरा, पिकअप तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय मलंगवा, सर्लाहीमा बुझाइएको प्रहरी निरीक्षक पाण्डेले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर