नयाँ दिल्ली — शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफदेहिताको माग गर्दै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्री निवासबाहिर गरिएको धर्ना प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
मंगलबार दिउँसो लोक कल्याण मार्गस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित विरोध प्रदर्शनका दौरान लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूलाई संसद मार्गस्थित प्रहरी कार्यालय लगेको छ।

कक्राेच जनता पार्टी र विपक्षी दलहरूको निरन्तरको विरोधका बीच भएको यस धर्नामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री र शिक्षामन्त्रीको राजीनामा माग गरेका थिए। प्रदर्शनस्थलमा तनावपूर्ण स्थिति सिर्जना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। यसैबीच, धर्नास्थल पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले राहुल गान्धीले आफ्नो वाचा पूरा नगरी भनाइ फेरेको दाबी गरेका छन्। विपक्षी दलहरूले भने प्रधानमन्त्री मोदीले यस विषयमा सीधै जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्।






