काठमाण्डौ,२७ असार । अवैध गतिविधि तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले दूधराज तामाङलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो।

काभ्रे स्थायी घर भएका तामाङ यसअघि तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवका रूपमा सक्रिय थिए। उनी यसअघि पनि आपराधिक गतिविधिमा जोडिएका व्यक्ति हुन्। तामाङ विशेषगरी सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको चर्चित बोधिचित्त माला लुटपाट प्रकरणका आरोपितसमेत हुन्। उक्त घटनामा डाँका, चोरी तथा लुटपाटको उजुरी परेपछि उनी यसअघि पनि प्रहरीको कारबाहीमा परेका थिए।

विभिन्न आपराधिक घटनामा पटक-पटक नाम जोडिँदै आएका तामाङलाई प्रहरीले पछिल्लो पटक गुण्डागर्दीको आरोपमा पक्राउ गरेको हो। पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर