राजविराज,२७ असार । न्याय र अधिकारको माग गर्दै जनकपुरबाट पैदल यात्रा सुरु गरेका मिटरब्याज पीडितहरू शनिबार तेस्रो दिन लालबन्दी पुगेका छन्। बिहीबार तिरहुतियागाछीबाट काठमाडौँ लक्षित यात्रा आरम्भ गरेका पीडितहरूले बर्दिबास–लालबन्दी सडकखण्ड हुँदै करिब २६ किलोमिटर यात्रा तय गरेका हुन्।
आन्दोलित पीडितहरूले प्रधानमन्त्रीको आश्वासनप्रति असन्तुष्टि जनाउँदै यात्रा जारी राखेका छन्। मधेशबाट अब अधिकारका लागि काठमाडौँ धाउनु नपर्ने भनी व्यक्त अभिव्यक्ति सय दिन बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै उनीहरू आक्रोशित छन्। न्यायको खोजीमा निस्किएका पीडितहरू आज राति लालबन्दीमै विश्राम गरी भोलि बिहान पुनः आफ्नो यात्रा अगाडि बढाउने योजनामा छन्।
तस्वीरहरू:








