एसपी यादव/सर्लाही, असार २६ गते । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर शुक्रबार आत्मदाहको प्रयास गरेका छन् । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

सर्लाही प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, गोडैता नगरपालिका-१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनको उद्धार गरी प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । स्वास्थ्य अवस्था गम्भीर रहेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित विशेषज्ञ अस्पतालमा रिफर गरिएको डिएसपी गौतमले बताए ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनाअघि परिवारसँग विवाद भएपछि मण्डल घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएको खुलेको छ । भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जनाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर