एसपी यादव/सर्लाही, असार २२ गते । सर्लाही प्रहरीले जिल्लाको ब्रहमपुरी गाउँपालिकाबाट ६० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार, गत राति १०:१५ बजे ब्रहमपुरी गाउँपालिका-२ धर्मपुर टोलस्थित कठिपुलमा नियमित गस्तीमा रहेको प्रहरी टोलीले हरिवनबाट नारिवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ह ४५१७ नम्बरको अटो रोकी जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीले अटोको डिकी तथा सिटमुनि लुकाएर रातो प्लास्टिकले बेरेर राखिएका १२ वटा पोकाभित्र रहेको ६० किलोग्राम गाँजा बरामद गरेको र गाँजासहित अटो नियन्त्रणमा लिई चालक र सवार दुवै जनालाई पक्राउ गरिएको डिएसपी गौतमले जानकारी दिए ।

पक्राउ पर्नेमा अटो चालक सर्लाहीको बागमती नगरपालिका-११ सखुवनी निवासी ३५ वर्षीय थिरविक्रम रायमाझी तथा अटोमा सवार सोही स्थानका ३५ वर्षीय प्रदीप मगर रहेका छन् ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुर मुद्दामा सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर