काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार परीक्षामा कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेदेखि सञ्चालित सो परीक्षामा मर्यादा विपरीत कार्य गर्ने ४० जनाको परीक्षा भने रद्द गरिएको छ। जसमा नियमिततर्फ ३० र आंशिकतर्फ १० जना परीक्षार्थी रहेका छन्।

नतिजा हेर्ने तरिका:
विद्यार्थीहरूले आफ्नो नतिजा निम्न माध्यमबाट सहजै हेर्न सक्नेछन्:

वेबसाइट: result.neb.gov.np वा neb.ntc.net.np मा लगइन गरी नतिजा हेर्न सकिनेछ।

SMS: आफ्नो मोबाइलको म्यासेज बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी १६०० मा पठाएर।

IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# डायल गरेर।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर