काठमाडौँ, ३ जेठ । नेपाली सुगम सङ्गीतका चर्चित गायक सुशान्त केसीले भारतको प्रतिष्ठित साङ्गीतिक कम्पनी ‘टि-सिरिज’ (T-Series) सँग पुनः सहकार्य गरेका छन्। गायक केसीको नयाँ साङ्गीतिक प्रस्तुति ‘जादुगरी’ भोलि मे १८ (सोमबार) का दिन टि-सिरिजको आधिकारिक युट्युब च्यानलबाट विश्वव्यापी रूपमा सार्वजनिक हुन लागेको हो।

गायक केसीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत गीतको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आफ्ना प्रशंसकहरूलाई यसबारे जानकारी दिएका हुन्। “हल्का न्यानो र वर्णन गर्न असम्भव हुने प्रेम, ‘जादुगरी’ मे १८ मा रिलिज हुँदैछ,” उनले पोस्टमा लेखेका छन्।

सार्वजनिक पोस्टरमा गायक सुशान्तसँगै चर्चित अभिनेत्री एवं मोडल आना शर्मा फिचर्ड छिन्। वास्तविक जीवनमा पनि प्रेम सम्बन्धमा रहेको भनी चर्चामा रहेका सुशान्त र आनाको अन-स्क्रिन केमिष्ट्रीलाई लिएर दर्शकमाझ निकै कौतुहलता बढेको छ। आनाले समेत आफ्नो सामाजिक सञ्जालमा यो पोस्टर सेयर गरेकी छन्।

टि-सिरिजसँग सुशान्तको यो दोस्रो साङ्गीतिक सहकार्य हो। यसअघि उनको सर्वाधिक रुचाइएको गीत ‘बार्दली’ को हिन्दी संस्करण पनि टि-सिरिजकै युट्युब च्यानलबाट रिलिज भई अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाउन सफल भएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर