सिरहा, ३ जेठ । सिरहाको कर्जन्हामा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। कर्जन्हा नगरपालिका–११ स्थित झाडीमा लुकाएर राखिएको अवस्थामा २ सय ७६ किलो गाँजा बरामद भएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमाण्डमा खटिएको विशेष टोलीले शनिबार साँझ उक्त गाँजा फेला पारेको हो। कर्जन्हा नगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटरको दूरीमा रहेको झाडी क्षेत्रमा शङ्कास्पद रूपमा ११ वटा बोरामा प्याक गरी लुकाइएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ। उक्त प्रतिबन्धित लागुऔषध गाँजा कसले, कहाँबाट ल्याएर झाडीमा भण्डारण गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। सो घटनाको सम्बन्धमा प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर