एसपी यादव/सर्लाही, चैत २५ गते । जिल्लाको ईश्वरपुर नगरपालिका- १२ घारीबथानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राम बैलकोटीका ५ वर्षीय छोरा वियान्श बैलकोटी रहेका छन् ।

बुधबार बिहान करिब १०:४५ बजेको समयमा सोही स्थानका करिब ५० वर्षीय रामचन्द्र खड्काले कुलोबाट मोटर जडान गरी आफ्नै खेतमा सिँचाइ गरिरहेका बेला नजिकै खेलिरहेका बालक वियान्शलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबास लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले दिउँसो करिब १२ बजे बालकलाई मृत घोषणा गरेका हुन् । घटनापछि प्रहरी चौकी घारीबथानबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र कुमार चौधरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । भने इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा मुचुल्का टोली समेत घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त सर्लाही प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक विशाल बुढाथोकीले जानकारी दिएका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर