काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारको बागडोर सम्हालेको पहिलो दिनमै आफ्नो कार्यशैलीको ‘झल्को’ दिन सुरु गरेका छन्। १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेलगत्तै प्रधानमन्त्री शाहले आज अपराह्नका लागि एक महत्वपूर्ण संयुक्त बैठक आह्वान गरेका हुन्।

के छ बैठकको कार्यसूची?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाकिएको यस बैठकमा नवनियुक्त मन्त्रीहरूसँगै नेपाल सरकारका सबै विशिष्ट श्रेणीका सचिवहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

  • ब्रिफिङ सेसन: यसलाई बालेन सरकारको पहिलो ‘एक्सन’ बैठकका रूपमा हेरिएको छ।

  • मन्त्रालयगत अवस्था: प्रधानमन्त्रीले हरेक मन्त्रालयको वर्तमान अवस्था, बजेट खर्चको स्थिति र तत्काल सम्बोधन गर्नुपर्ने चुनौतीबारे जानकारी लिने तयारी गरेका छन्।

  • नयाँ कार्यशैली: काठमाडौँ महानगरपालिकामा जस्तै सिंहदरबारमा पनि ‘नतिजामुखी’ कामको लय बसाल्न यो बैठक कोशेढुङ्गा सावित हुने ठानिएको छ।

कर्मचारीतन्त्रमा हलचल

महानगरमा ‘फिल्ड’ मै उत्रिएर काम गर्ने पहिचान बनाएका बालेन सिंहदरबार छिरेपछि कर्मचारी संयन्त्रमा पनि नयाँ उत्साह र केही हदसम्म दबाब महसुस गरिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यो बैठक केवल परिचयात्मक मात्र नभई नयाँ सरकारको ‘डेलिभरी’ कस्तो हुन्छ भन्ने स्पष्ट खाका कोर्ने अवसर समेत हो।

“प्रधानमन्त्रीले केवल रिपोर्ट सुन्ने मात्र होइन, तत्कालका चुनौतीको समाधान पनि खोज्न खोज्नुभएको छ।”  प्रधानमन्त्री कार्यालयका एक अधिकारी

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर