काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणको पहिलो दिनमै सिंहदरबारमा नयाँ शैली प्रदर्शन गरेका छन्। शुक्रबार शपथ ग्रहणदेखि मन्त्रिपरिषद्को पहिलो बैठकसम्म पुग्दा उनले सरकारी सुविधाको सवारी साधन प्रयोग नगरी आफ्नै निजी गाडी रोजेका हुन्।

शपथदेखि मन्त्रालयसम्मको यात्रा

मध्याह्न राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ लिन जाँदा पनि गुरुङ आफ्नै निजी गाडीमा पुगेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी कार्यभार सम्हाल्न गृह मन्त्रालय पुगेका थिए।

तयार थियो ‘बा १ झ ६४३३’, तर चढेनन् मन्त्री

गृह मन्त्रालयमा पदबहाली गरेपछि मन्त्री गुरुङका लागि मन्त्रालयले बा १ झ ६४३३ नम्बरको झण्डावाल सरकारी गाडी ठिक्क पारेर राखेको थियो। तर, उनले उक्त सरकारी सवारीलाई पन्छाउँदै आफ्नै कारमा बसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ लाग्ने निर्णय गरे।

“म बोल्ने भन्दा पनि काम गरेर देखाउने पक्षमा छु।” पदवहालीका क्रममा गृहमन्त्री सुधन गुरुङ

पहिलो बैठकमा सहभागी

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नवनियुक्त मन्त्रिपरिषद्को पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा आह्वान गरेका छन्। सोही ऐतिहासिक बैठकमा सहभागी हुन गुरुङ आफ्नै सवारीमा सिंहदरबार छिरेका हुन्। मितव्ययिता र सादगीको सन्देश दिन खोजेका गुरुङको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर