एसपी यादव/सर्लाही, चैत ५ गते । सर्लाहीको लालबन्दी नगरपालिका-१६ परवानीपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

चैत ४ गते बुधबार बिहान करिब २ बजे के.सी. भाई भन्ने व्यक्तिको घरमा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन तथा अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सो ठाउँमा छापा मारेको हो ।

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१६ निवासी ४३ वर्षीय सन्तोष के.सी. सोही नगरपालिका-१५ निवासी ३९ वर्षीय संतलाल योन्जन, सोही नगरपालिका-८ निवासी ५२ वर्षीय मनिलाल तामाङ, सोही नगरपालिका-१७ निवासी ४६ वर्षीय अमर बहादुर बल, सोही नगरपालिका-१६ निवासी ४० वर्षीय ललित जिम्बा, सोही नगरपालिका-१ निवासी ४२ वर्षीय नागेन्द्र चौधरी, सोही नगरपालिका-८ निवासी ४४ वर्षीय बिजु लामा त्यसै गरि हरिवन नगरपालिका-३ निवासी २३ वर्षीय सुबोध चौधरी, सोही नगरपालिका-३ निवासी ४४ वर्षीय मान बहादुर मोक्तान र मलंगवा नगरपालिका-९ निवासी ३५ वर्षीय ललन महत्तो र ब्रह्मपुरी गाउँपालिका-४ निवासी ४० वर्षीय राजेश कुमार साहलाई पक्राउ गरिएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी गराएका छन् ।

प्रहरीले जुवाको खालबाट नगद रु २ लाख ८४ हजार रुपैयाँ तथा जुवा खेल्न प्रयोग गरिएको ६४४ पत्ती तास र नयाँ नखोलेको ६ प्याकेट तास समेत बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा लालबन्दी, हरिवन, मलंगवा र ब्रह्मपुरीका विभिन्न वडाका ११ जना रहेका छन् । पक्राउ परेकामध्ये हरिवन नगरपालिका-३ का ४४ वर्षीय मानबहादुर मोक्तानलाई स्वास्थ्य समस्याका कारण थप उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी उच्च रक्तचापका बिरामी रहेको र एक वटा मिर्गौला मात्र रहेको बताइएको छ । भने अन्य पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी जुवा सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी राईले जनाएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर