सिराहा । मधेस प्रदेशका अन्य क्षेत्रहरूमा जस्तै सिराहा क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती मतगणनामा बलियो अग्रता लिएको छ। सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार रास्वपाका उम्मेदवार बब्लु गुप्ताले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्नुभएको छ।

ताजा मतगणना अपडेट (सिराहा-१):

प्रारम्भिक नतिजा अनुसार मुख्य उम्मेदवारहरूको अवस्था यस प्रकार छ:

  • बब्लु गुप्ता  (रास्वपा – घण्टी): ९,५११ मत

  • राम सुन्दर चौधरी (नेपाली कांग्रेस – रुख): ३५६ मत

  • राम शंकर यादव (नेकपा एमाले – सूर्य): १५८ मत

  • रामचन्द्र यादव (नेपाली कम्युनिस्ट पार्टी – तारा): २८ मत

  • राम स्वरूप चौधरी (जनमत पार्टी): १६ मत


एमालेको गढमा ‘नयाँ शक्ति’ को धक्का

विगतको निर्वाचन (२०७९) मा यस क्षेत्रबाट नेकपा एमालेका राम शंकर यादव २९,४६२ मत ल्याएर विजयी हुनुभएको थियो। उहाँले नेपाली कांग्रेसका पदम नारायण चौधरी (२७,३७९ मत) लाई पराजित गर्नुभएको थियो।

तर, यसपटकको प्रारम्भिक रुझानमा निवर्तमान सांसद यादव र कांग्रेसका उम्मेदवार दुवै रास्वपाका बज्जु गुप्ताभन्दा निकै पछि देखिएका छन्। गुप्ताले ९ हजारभन्दा बढी मत प्राप्त गर्दा अन्य मुख्य दलका उम्मेदवारहरूले अहिलेसम्म ५०० को आँकडा पनि पार गर्न सकेका छैनन्।

अन्य साना दलको स्थिति:

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (बासुदेव साह): १५ मत

  • जसपा नेपाल (सत्य नारायण यादव): ९ मत

  • श्रम संस्कृति पार्टी (डा. जियाउल ठाकुर): ६ मत

अहिले मतगणनाको प्रारम्भिक चरण मात्र भएकाले बाँकी वडाहरूको गणनासँगै नतिजामा फेरबदल हुन सक्ने भए तापनि रास्वपाको यो अग्रतालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर