सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ताजा मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ। सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार रास्वपाका उम्मेदवार सिताराम साहले अन्य प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्नुभएको छ।

ताजा मत परिणाम (मुख्य प्रतिस्पर्धीहरू):

हालसम्म गणना भएको १०,८३० मतमध्ये मुख्य उम्मेदवारहरूको स्थिति यस्तो छ:

  • सिताराम साह (रास्वपा – घण्टी): ५,३१२ मत

  • तेजुलाल चौधरी (नेपाली कांग्रेस – रुख): २,२८१ मत

  • पाबी सिंह (जसपा नेपाल – ढल्केको छाता): १,१९६ मत

  • नेपाली कम्युनिस्ट पार्टी (पाँचकुने तारा): ४६१ मत

  • नेकपा एमाले (सूर्य): २५६ मत


पूर्व विजेतालाई कडा चुनौती

यस क्षेत्रबाट २०७९ को निर्वाचनमा २३,४९१ मत ल्याएर विजयी हुनुभएका नेपाली कांग्रेसका तेजुलाल चौधरी यसपटक भने सुरुवाती चरणदेखि नै निकै पछाडि पर्नुभएको छ। हालको नतिजामा रास्वपाका सिताराम साहले चौधरीभन्दा ३,०३१ मतको अग्रता कायम गर्नुभएको छ।

मधेश राजनीतिमा बलियो पकड भएको जसपा नेपालका उम्मेदवार पाबी सिंह १,१९६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ।

मतगणनाको संक्षिप्त विवरण:

  • जम्मा गणना भएको मत: १०,८३०

  • सदर मत: ९,९५७

  • बदर मत: ८७३

  • कुल मतदाता (यस क्षेत्रमा): १,०५,५६०

अहिले सप्तरी-४ मा मतगणना जारी छ। सुरुवाती रुझानले रास्वपाको पक्षमा बलियो जनलहर देखिए पनि अन्तिम परिणामका लागि भने अझै केही समय कुर्नुपर्ने देखिन्छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर