एसपी यादव/सर्लाही, फागुन १३ गते । जिल्ला सुरक्षा समिति सर्लाहीको मंगलवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा सिल गर्ने निर्णय गरेको छ ।

बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मिति २०८२ फागुन १८ गते राति १२ बजेदेखि २०८२ फागुन २१ गते राति १२ बजेसम्म सीमा सिल गर्ने निर्णय गरेको हो ।

समितिले उक्त अवधिमा सीमा नाकाबाट हुने आवतजावत पूर्णरूपमा बन्द गरिने जनाएको छ । अत्यावश्यक सेवा तथा सुरक्षा निकायको समन्वय बाहेक अन्य गतिविधिमा कडाइ गरिने निर्णय समेत गरिएको छ ।

निर्वाचनको समयमा सम्भावित अवाञ्छित गतिविधि रोक्न तथा शान्ति-सुरक्षा कायम राख्न सीमा क्षेत्रमा विशेष निगरानी र सुरक्षा व्यवस्था कडा पारिने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न अनुरोध समेत गरेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर