एसपी यादव/सर्लाही, फागुन ३ गते । पूर्वाधार विकास कार्यालय सर्लाही, मलंगवामा कार्यरत सव-ईन्जिनियर प्रमोद कुमार यादवको आइतबार साँझ ८ बजे गोली प्रहारबाट हत्या गरिएको छ । मलंगवा नपा-१० देवीटोलस्थित डेरामा रहेका उनलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले घरबाहिर बोलाई देब्रे छातीमा गोली हानेका हुन् ।

अन्दाजी ३६ वर्षीय मृतक यादव सिरहाको सुखीपुर नगरपालिका-६ का स्थायी बासिन्दा रहेको खुलेको छ ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल प्रशासनका अनुसार, गोली मुटुको नजिक लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको खोजीकार्य तीव्र बनाइएको जनाएको छ ।

ईन्जिनियर यादवको हत्या भएपछि परिवार गहिरो शोकमा डुबेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर