राजविराज, २३ माघ । आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा आफ्नो चुनावी गतिविधि तीव्र पारेको छ । शुक्रबार जोण्डोलमा सम्पन्न पालिका स्तरीय भेलाले चुनावी परिचालन तथा प्रचारप्रसारका लागि १५ सदस्यीय विशेष समिति चयन गरेको हो ।

गाउँपालिका अध्यक्ष मिलन कुमार चौधरीको संयोजकत्वमा गठित उक्त समितिमा प्रमानन्द चौधरी, कुशेश्वर चौधरी, सूर्यमान तामाङ, वाणी कुमारी चौधरी, रमेश प्रसाद चौधरी, दुर्गानन्द चौधरी र शिवनन्दन चौधरी सदस्य रहेका छन् । त्यसैगरी समितिका अन्य सदस्यहरूमा प्रकाशचन्द्र यादव, रामदेव यादव, रेणुका खंग, राज कुमार यादव, विजय चौधरी, मोतिलाल चौधरी र महेन्द्र राय रहनुभएको छ ।

पालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा जसपाका केन्द्रीय अनुशासन विभाग प्रमुख जगदेव यादव र सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनुभएका केन्द्रीय सदस्य श्यामसुन्दर सरदारको विशेष उपस्थिति थियो । भेलामा केन्द्रीय सदस्य पुनम कुमारी यादव, केन्द्रीय सल्लाहकार श्यामदेव यादव, प्रदेश सदस्य विनोद यादव र जिल्ला उपसचिव रामेश्वर यादव लगायतका नेताहरूले चुनावी रणनीतिका विषयमा धारणा राख्नुभएको थियो ।

यस्तै, कार्यक्रममा पूर्व जिल्ला कोषाध्यक्ष बृजमान तामाङ, क्षेत्रीय अध्यक्ष हेमन्त कुमार बहडखेर यादव लगायत स्थानीय नेता-कार्यकर्ताहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन युवा नेता राज कुमार यादवले गर्नुभएको थियो ।

गाउँपालिका सचिव भीम बहादुर राईका अनुसार भेलाले चुनावी अभियानलाई वडा तहसम्म पुर्‍याउन आगामी माघ २६ गतेदेखि फागुन २ गतेसम्म सबै वडाहरूमा भेला आयोजना गर्ने निर्णय समेत गरेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर