धरान, ९ माघ | विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाको अवसर पारेर धरानस्थित सुनसरी टेक्निकल कलेजमा विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कलेजको आफ्नै प्राङ्गणमा आयोजित उक्त समारोहमा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै उत्सवलाई थप उल्लासमय बनाएका थिए।


कार्यक्रममा कलेजमा अध्ययनरत छात्र-छात्राहरूले विभिन्न विधाका नृत्य तथा सांस्कृतिक कलाहरू प्रस्तुत गरेका थिए। मौलिक र आधुनिकताको मिश्रण झल्कने ती प्रस्तुतिहरूले उपस्थित दर्शकको मन जितेका थिए।


कलेजका संस्थापक लेखिराज लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन क्याम्पस प्रमुख अमित गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूका साथै अभिभावकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।


सरस्वती पूजा र सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। पूजा व्यवस्थापन समितिमा सम्राट राजन, विश्वास, र मेराज आलम लगायतका विद्यार्थीहरूले मुख्य भूमिका निर्वाह गरेका थिए।

“शैक्षिक विकाससँगै विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउन यस्ता सांस्कृतिक कार्यक्रमले ऊर्जा प्रदान गर्ने,” कार्यक्रमका वक्ताहरूले उल्लेख गरे।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर