राजविराज — सप्तरीको तिरहुत गाउँपालिका–१ धनपुरीका एक अग्निपीडित परिवारलाई धर्मी हल्फा महिला विकास क्लबले बुधबार राहत सामग्री प्रदान गरेको छ । गत माघ १ गते घरमा भएको आगलागीबाट सर्वस्व गुमाएका जोगिन्द्र यादवको परिवारलाई क्लबले सहयोग गरेको हो ।

तामाङ समुदायको सांस्कृतिक पर्व २८६२ औं सोनाम ल्होछारको अवसर पारेर क्लबले राहत वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले जानकारी दिए । राहत सामग्रीमा पाल, झुल, कम्बल, म्याट्रेससहित थाल, गिलास, कराही, डेकची, पन्यौ, बाल्टिन र मग लगायतका घरायसी भाँडाकुँडा समावेश छन् ।

राहत वितरण कार्यक्रममा अस्थायी प्रहरी पोस्ट त्रिकोलका प्रहरी सहायक निरीक्षक गया प्रसाद चौधरी, सशस्त्र प्रहरी सहायक निरीक्षक अजय यादव तथा स्थानीय भद्रभलादमीहरूको उपस्थिति थियो । माघ १ गते भएको उक्त आगलागीबाट यादवको घर र अन्नपात जलेर नष्ट हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । ओत लाग्ने ठाउँ समेत नभएर विचल्लीमा परेका यादव परिवारलाई यो सहयोगले तत्कालका लागि केही राहत पुग्ने स्थानीयले बताएका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर