काठमाडौँ । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा युवा नेता पुकार बमलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ। यसअघि २०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका बमलाई यसपटक पार्टीले क्षेत्र परिवर्तन गरी ४ नम्बरमा उम्मेदवार बनाएको हो।

काठमाडौँ क्षेत्र नम्बर १ मा रञ्जु दर्शनाले टिकट सुनिश्चित गरेपछि बमको क्षेत्र परिवर्तन भएको बताइएको छ। काठमाडौँ ४ खासगरी नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाको निर्वाचन क्षेत्रका रूपमा परिचित छ। यद्यपि, यसपटक थापा काठमाडौँ छोडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ।

रास्वपाले बमलाई यस क्षेत्रमा अघि सारेसँगै काठमाडौँ ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समयदेखि नागरिक आन्दोलन र सामाजिक अभियानमा सक्रिय रहेका बमले आफ्नो चुनावी अभियानको तयारी समेत सुरु गरिसकेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर