पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिरहेका महावीर पुनले आफ्नो पदबाट राजीनामा दिँदै चुनावी मैदानमा होमिने निर्णय गरेका छन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

पुनले म्याग्दीबाटै पठाएको राजीनामा पत्र स्वीकृत भएसँगै उनको चुनावी यात्राको औपचारिक ढोका खुलेको छ । कुनै पनि राजनीतिक दलको ओत नलागी उनी यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा जनताको मत माग्न गाउँगाउँ पुग्ने भएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले मन्त्री पद त्यागेर निर्वाचनमा होमिएपछि म्याग्दीको राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । विकास र प्रविधिलाई मुख्य एजेण्डा बनाउँदै आएका पुनको यो कदमलाई जिल्लावासीले चासोका साथ हेरेका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर