काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनका कार्यक्रम धमाधम अघि बढाएको छ ।
भृकुटीमण्डपमा अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ ।

संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचनका कार्यक्रम अघि बढाइएको छ ।
पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो ।
विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ ।






