???????? ????? ?????????? ???????? ???? ????????, ?? ???? ?????? ???????? ????? ????????? ???????? ???????? ?????????? ????????????? ???????? ???? ???? ????? ??????????? ?????? ??? ?? ???? ???? ???? ? ??????? ????? ?????÷????

काठमाडौं: नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले पार्टीको वर्तमान शक्ति संरचनामा आमूल परिवर्तन गर्ने गरी नयाँ वैधानिक बाटो तय गरेको छ। महाधिवेशनको बन्दसत्रले ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेसँगै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटनको प्रक्रियामा पुगेको हो।

पारित कार्यविधिमा १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिक कार्यकाल समाप्त भइसकेको ठहर गरिएको छ। २०७८ मंसिरमा निर्वाचित देउवा नेतृत्वको समितिलाई यसअघि केन्द्रीय समितिले माघ मसान्तसम्मका लागि म्याद थपेको भए पनि विशेष महाधिवेशनले उक्त निर्णयलाई चुनौती दिँदै नयाँ अन्तरिम नेतृत्व चयन गर्ने निर्णय गरेको हो। अब १५ औं महाधिवेशन सम्पन्न नहुन्जेलका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरिनेछ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि विधानको धारा ३५ अनुसार पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने व्यवस्था कार्यविधिमा छ। यसका साथै, महाधिवेशनका निर्णयहरूलाई संस्थागत गर्न ‘निर्णय प्रमाणीकरण समिति’ समेत बनाइने भएको छ। यो नयाँ व्यवस्था लागू भएसँगै यसअघिका निर्वाचन, अनुशासन र लेखा समितिहरू स्वतः खारेज हुनेछन्।

विशेष महाधिवेशनको यो कदमले विगतमा गरिएका विवादास्पद निर्णयहरूलाई पुनरावलोकन, सुधार वा खारेज गर्ने ढोका समेत खोलेको छ। यसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा ठुलो फेरबदल ल्याउने र संस्थापन पक्ष तथा इतर पक्षबीचको द्वन्द्वलाई नयाँ दिशा दिने निश्चित देखिएको छ। पुस २७ र २८ गतेको यो महाधिवेशनलाई वैधानिकता दिँदै कांग्रेस अब नयाँ संगठनात्मक संरचनातर्फ अघि बढेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर