एसपी यादव/सर्लाही, पुस २० गते । नेकपा एमाले र जनमत पार्टी परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

एमाले नेता बिनोद यादव र जनमत पार्टीका राम विश्वास रायलाई जसपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष रणधिर यादवले आइतबार औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।

जसपा नेपालमा प्रवेश गरेका एमाले नेता यादव किसान महासंघका पूर्व केन्द्रीय महासचिव रहेका छन् भने नेता राय जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य हुन् ।

नवप्रवेशी नेताहरूले मधेश र किसानका मुद्दा प्रभावकारी रूपमा उठाउन जसपा नेपाल उपयुक्त दल भएको बताएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर