काठमाडौँ । रोजगारीको खोजीमा रहेका युवाहरूका लागि सुखद खबर आएको छ। नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्ना प्रक्रिया अघि बढाउँदै विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

प्राधिकरणको प्रधान कार्यालयले आज जारी गरेको सूचनाअनुसार खुला प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न लागिएको हो। सहनिर्देशकदेखि मिटर रिडर र सुपरभाइजरसम्मका विविध पदमा गरी कुल २६६ जनाको माग गरिएको छ।

सूचनामा दसौँ तहका सहनिर्देशक, आठौँ तहका निर्देशक, सातौँ तहका प्रशासकीय अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री, इन्जिनियर, वातावरणविद् लगायत प्राविधिक तथा प्रशासनिक पदहरू समेटिएका छन्।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको वेबसाइटमार्फत अनलाइन आवेदन  दिन सक्नेछन्।

हेर्नुहोस् सूचना:

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर