काठमाडौं,११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच लामो समयदेखि चासोका साथ हेरिएको भेटवार्ता अब टुंगो नजिक पुगेको छ। दुवै पक्षबीच सहमतिको आधार तय गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

यसअघि सहमतिको खाका तयार गर्ने जिम्मेवारी पाएका कुमार बेन, असीम शाह र आसिफ शाहले लामिछानेसँग भेट गरी छलफल सकेर बाहिरिएका छन्। उनीहरूबीच भएको संवादले वार्तालाई निर्णायक मोडतर्फ अघि बढाएको स्रोतको दाबी छ।

छलफलमा सहभागी एक सदस्यका अनुसार वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ र आजै कुनै ठोस निर्णय सार्वजनिक गरिने सम्भावना छ।

रवि लामिछाने र बालेनबीच आजै प्रत्यक्ष भेट गरी निष्कर्ष सुनाउने तयारी भइरहेको बताइएपछि राजनीतिक वृत्तमा यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर