नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले यसअघि निर्धारित कार्यतालिका केही संशोधन गरेको हो ।

संशोधित कार्यतालिका अनुसार आज सोमबार दिउँसो २ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गरिनेछ ।

यस्तै, ३:३० बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समय निर्धारण गरिएको छ ।

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो ४ बजे प्रकाशन गरिनेछ भने, ४ देखि ४:३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तय गरिएको छ ।

उजुरीउपर छानबिन र निर्णय साँझ ५ बजेसम्म, उम्मेदवारको नाम फिर्ता साँझ ५ देखि ६ बजेसम्म लिन सकिनेछ ।

यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६:३० बजेसम्म गर्ने निर्वाचन आयोगले जनाएको छ ।

मतदान भने भोलि मंगलबार बिहान ११ देखि साँझ ५ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै मतगणना शुरू हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर