
सप्तरी,२७ जेठ । सप्तरी फोटो ग्राफर संघले आज जिल्लाका सम्पूर्ण फोटो स्टुडियोहरु बन्द गराएका छन्।
सप्तरी फोटो ग्राफर संघका सदस्य जय प्रकाश मेहताको शनिवार (आज) असमायिक निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्दै शोकमा एक दिन जिल्लाका सम्पूर्ण फोटो स्टुडियो बन्द गराएका हुन्।
संघका अध्यक्ष रमेश कुमार राउतले आज एक प्रेस विज्ञप्ति जारी गरी सप्तरीको पत्थरगाडामा रहेको मनिष फोटो स्टुडियोका प्रोप्राइटर जय प्रकाश मेहताको असमायिक निधन भएकोमा स्वर्गीय मेहता प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उक्त जानकारी दिएका हुन्।
संघका अध्यक्ष राउतद्वारा जारी विज्ञप्तिमा मेहताको निधनले संघलाई अपूरणीय क्षति भएकोले यस दुःखद् घडीमा परिवारजनमा ईश्वरले घर्यधारणा गर्ने शक्ति प्रदान गरुन् भनिएको छ।
