राजविराज,२८ मंसिर । राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनुपर्ने जनआवाजको समर्थन गर्दै स्थानीय नगरवासी तथा व्यवसायीहरूले सञ्चालन गरिरहेको रिले अनशनमा मधेस प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले ऐक्यबद्धता जनाउनुभएको छ ।

गजेन्द्रचोकमा जारी रिले अनशनस्थलमा पुगेर अर्थमन्त्री यादवले आन्दोलनरत पक्षप्रति समर्थन व्यक्त गर्नुभयो । उहाँले राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु आवश्यक रहेको उल्लेख गर्दै यसले करदाता, व्यवसायी तथा सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो ।

अर्थमन्त्री यादवले स्थानीय तहबाट उठेको जायज मागलाई प्रदेश सरकार गम्भीरतापूर्वक लिने स्पष्ट पार्दै सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले जनताको हितका पक्षमा सरकार उभिनु आफ्नो दायित्व रहेको धारणा राख्नुभयो ।

रिले अनशनमा स्थानीय व्यापारी, समाजसेवी, युवा, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको निरन्तर सहभागिता रहेको छ । आन्दोलनरत पक्षले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर