{“fte_image_ids”:[],”remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[],”source_ids”:{},”source_ids_track”:{},”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”total_editor_actions”:{},”photos_added”:0,”tools_used”:{“addons”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

सप्तरी, २८ मंसिर । फत्तेपुर–कञ्चनपुर सडकखण्ड अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–१० गंगाजलीमा शनिबार भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन् ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको ना ३ प २२६० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार सप्तकोशी नगरपालिका–१० का ४१ वर्षीय फुलचन राम र सप्तकोशी–११ का ४० वर्षीय शियाराम खड्का गम्भीर घाइते भएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी–२ का २८ वर्षीय निरज कुमार राम र पछाडि सवार सोही स्थानका २८ वर्षीय प्रेम बिक पनि घाइते भएका छन् ।

घाइते फुलचन रामको फत्तेपुरस्थित किरण पोलिक्लिनिकमा उपचार भइरहेको छ भने शियाराम खड्कालाई थप उपचारका लागि बिराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको घाइतेका परिवारले जानकारी दिएका छन् ।

मोटरसाइकल चालक निरज कुमार राम र पछाडि सवार प्रेम बिकको ठेलियास्थित स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।

दुर्घटनामा संलग्न साइकल र मोटरसाइकल प्रहरी चौकी फत्तेपुरको नियन्त्रणमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर