राजविराज, २७ मंसिर। बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कृष्ण कार्कीको जाहेरीले वादी नेपाल सरकारका तर्फबाट दायर भएको बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी दिनेश प्रसाद साहलाई बुधबार पक्राउ गरिएको हो। राजविराज नगरपालिका–११ निवासी ४५ वर्षीय साहलाई झापा जिल्ला अदालतबाट जारी पक्राउ अनुमति पत्रका आधारमा खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साहलाई खडक नगरपालिका–५ स्थित रहेको माँ शेरा ईट उद्योगबाट शनिवार(आज) अन्दाजी बिहान १०बजेर ३५ मिनेटमा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।







