काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजी प्रतिनिधिहरू र नेपाल सरकारबिचको सम्झौतासँगै नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको नयाँ युग सुरू भएको बताएका छन् । बुधबार राति सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता भएलगत्तै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएका हुन् ।
डा. भट्टराईले भनेका छन्– ‘केही ढिलै भए पनि जेन(जी प्रतिनिधिहरू र नेपाल सरकारबिच सम्झौता हुनु अत्यन्त सकारात्मक छ। यसले नेपाली जनताले दशकौंसम्म लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको जगमा टेकेर लोकतन्त्रलाई अझै उन्नत बनाउँदै सुशासन र समतामूलक समृद्धिको दिशामा अघि बढ्ने मार्ग प्रशस्त गरेको छ।’

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता समेत रहेका डा. भट्टराईले भनेका छन्–‘यो ऐतिहासिक सम्झौतासँगै नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको नयाँ युग सुरू भएको छ। यो सम्झौताको पूर्ण कार्यान्वयनका निम्ति पनि अग्रगामी नयाँ तथा वैकल्पिक शक्तिहरुको उदय र सचेत–सक्षम युवापुस्ताको नेतृत्व अपरिहार्य भएको छ।’






_BQQvOkuXtk.gif)


