जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीन जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टी)का कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूमध्ये महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। अन्य मन्त्रीलाई पछि जिम्मेवारी तोकिने मुख्यमन्त्री यादवले बताए । नव गठित मन्त्री परिषद्को पहिलो बैठक पनि आजै सम्पन्न भएको छ।







