जनकपुरधाम ,२१ मंसिर, ।मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आगामी मंसिर २४ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले विश्वासको मत लिने मिति औपचारिक रूपमा तय गरेको जसपा नेपालका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिएका छन्।

नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिएसँगै गठबन्धनले विश्वासको मत सुनिश्चित गर्नका लागि आवश्यक तयारी तीव्र पारेको बताइएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर