राजविराज,१२ मंसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)–२ अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेल हुने छन्। लिग चरण अन्तिम मोडतर्फ अघि बढ्दै गर्दा आजका खेलहरूले प्लेअफको समीकरणमै ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज आमनेसामने हुँदैछन्।
चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको चितवनलाई जितले शीर्ष स्थान सुरक्षित गर्ने मौका छ। खेलमा केवल दुई अङ्क जोडेको काठमाडौँका लागि भने आजको भिडन्त लिगमा टिकिरहनैपर्ने अवसर जस्तै बनेको छ।

अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्नेछन्। कर्णाली तीन खेलबाट दुई अङ्क मात्र जोडेर दबाबमा छ। प्लेअफ आशा जोगाइराख्न उसको लागि आजको खेल जित्नैपर्ने निर्णायक परीक्षा हुनेछ।

यसैबीच, छ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किङ्सले आजको खेल जित्न सके प्लेअफको बाटो अझ सहज र सुरक्षित बन्नेछ। टीम फर्म र अंक दुवै हिसाबले विराटनगर आत्मविश्वासका साथ मैदान उत्रने अपेक्षा गरिएको छ।

एनपिएलको दोस्रो संस्करणमा टोलीहरूको अंक गणित चर्किँदै जाँदा आजका दुवै खेललाई लिगका टर्निङ पोइन्ट का रूपमा हेरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर