तीन दिनअघि बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। धर्मेन्द्रको निधनले बलिउड उद्योग र उनका फ्यानहरूलाई मर्माहित बनाएको छ।
धर्मेन्द्रको श्रीमती हेमा मालनीले निधनपछि भावुक स्टाट्स लेख्दै धर्मेन्द्रसँग बिताएका केही अविस्मरणीय क्षणका तस्बिरहरू सेयर गरेकी छन्। उनले धर्मेन्द्रलाई सम्झँदै आफ्नो पीडा व्यक्त गरेकी छन्।

हेमाले धर्मेन्द्रलाई आफ्नो लागि सबै थोक भएको उल्लेख गर्दै, उनले मायालु श्रीमान्, छोरीहरूको बुवा, साथी, मार्गदर्शक र कवि भएको बताइन्। उनले धर्मेन्द्रको सहज र मिलनसार व्यवहारले परिवारका सबै सदस्यलाई प्रिय बनाएको पनि स्मरण गराइन्।
हेमाले धर्मेन्द्रको प्रतिभा, लोकप्रियता र फिल्म उद्योगमा योगदानलाई सम्झिँदै, उनको निधनले सिर्जना गरेको शून्यता आफ्नो जीवनभर महसुस हुने बताइन्।






