काठमाडौं — राजधानीको काठमाडौं महानगर–२७ कान्तिपथमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटना बुधबार राति भएको हो।

बीएबी ५७२४ नम्बरको कारले बा.८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गा, लिखु–९ का ३४ वर्षीय स्कुटर चालक सन्तोष खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल पुर्याइएकोमा बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरमा सवार अन्य दुईमध्ये एकजनाको उपचार केएमसीमै जारी छ भने अर्को घाइतेलाई टिचिङ अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर