सप्तरी — जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही अदालतले दिएको फैसलाको कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय बोदेबसाइनले संयुक्त नियन्त्रण–अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ पर्नेमा बोदेबसाइन नगरपालिका–५ का सितल मण्डल र राजनकुमार साह रहेका छन्। दुवैजनामाथि ‘नकबजनी चोरी’ सम्बन्धी मुद्धामा अदालतले २ महिना ८ दिनको कैद सजाय तोकेको थियो। मण्डलमाथि थप पाँच हजार रुपैयाँ जरिवाना पनि तोकिएको थियो।

प्रहरीका अनुसार उनीहरूलाई कात्तिक ११ गते पक्राउ गरी फैसलाअनुसार कैद भुक्तानका लागि जिल्ला अदालत, राजविराजमा बुझाइएको छ।







