काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटहरूको आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा दुवै रिटको पेसी तोकिएको हो।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णयविरुद्ध काठमाडौँ–११ का अर्जुन शाहले कात्तिक २४ मा रिट दायर गरेका थिए। त्यसैगरी प्रदेशसभा सदस्यहरूको तर्फबाट कृष्णप्रसाद यादवसहितले कात्तिक २५ मा अर्को रिट दर्ता गराएका छन्।

रिट निवेदकहरूले दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार गठनको अवस्था कायम रहँदा प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउनु संविधानको मर्मविपरीत भएको दाबी गरेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर