काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन, रुपान्तरण र सशक्तिकरणको उद्देश्यसहित नेतृत्वमा दाबी प्रस्तुत गरेका हुन्।

विज्ञप्तिमा पोखरेलले पार्टीभित्रको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै सामूहिक नेतृत्वमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरणमा सकारात्मक रहने अपेक्षा पनि व्यक्त गरे।

“अभिभावकीय भूमिकाका माध्यमबाट सहज निकास दिन अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।

पार्टीको रक्षा गर्दै नेपाल राष्ट्र तथा जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्नु अहिलेको आवश्यकता भएको पोखरेलको भनाइ छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर