मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक, मुख्यसचिवमा अर्यालकाठमाडौँ — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै निर्णयहरूको विवरण सार्वजनिक गरे। बैठकले विशेष आर्थिक क्षेत्र (सेज) को मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ तोक्ने निर्णय गरेको छ।

त्यस्तै पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेस गरेको राजीनामा स्वीकृत गरिएको छ। नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने लगायतका निर्णयसमेत गरिएको मन्त्री खरेलले जानकारी दिए। सरकारले बाँकी निर्णयहरू कार्यान्वयन प्रक्रियामा रहेकाले सम्बन्धित निकायलाई अघि बढाउन निर्देशन दिएको बताइएको छ।






